ताजा लेख
Loading...
Sunday, November 23, 2014

अनलाइन कुनो !

3:59 AM
प्रख्या व्यक्तित्व कनकमणी दिक्षितलाई एउटा समस्या थियो । नियमित लेखिरहने उनका पाण्डुलिपी हराइरहन्थ्यो या खोजेको बेला पाइदैनथ्यो । कपीको पानामा लेख्दा ती च्यातिने, हराउने, भनेको समयमा नपाइने, पुराना लेख-डायरीहरू चाङमा हराउदै जाने जस्तो समस्याको समाधान खोजिरहदा एकजना मित्रले गतिलो उपाय दिएछन्, - 'अनलाइन कुनो ' बनाउने ।

उनले प्रष्ट पार्दै भनेछन्, 'तपाईका लेखहरू अमूल्य सम्पती हुन्, तिनीहरूलाई हराएर जान दिनुहुदैन । बरू वेवसाइट बनाएर त्यसैमा सुरक्षित राख्नुपर्दछ । यसो गर्नाले पहिलो सयौ वर्षसम्म सुरक्षित हुन्छ, हराउने, च्यातिने, मेटिने हुदैन । दोश्रो विश्वका सबै जनाले चाहेको कुनै पनि बेला पढ्न सक्छन् । यसैले ढिलो नगर्नुस् एउटा आफ्नै वेवसाइट बनाउनुस् ।'

दुवै हातमा लड्डु पर्ने देखेपछी दिक्षितजीले धेरै सोच्नै परेन । एकजना साथीलाई यसको जिम्मा दिनुभएछ तुरून्तै बनेछ कनकमणी डट कम ।

दिक्षित जस्तै प्राय व्यक्तिहरू प्रविधिको उपयोग एवं फाइदाबाट टाढै रहेका छन् । तुफानी गतिमी सुचना-प्रविधीको विकास भइरहेको अवस्थामा हामी बामे सर्दैछौ । यसले भविष्यमा हामीलाई अपुरणिय क्षती पुर्याउन सक्नेछ । यसर्थ सबैजना अब प्रविधी सापेक्ष बन्नु जरूरी छ । उदाहरणका लागि कनमणीजीले बनाएजस्तै आफ्नै वेवसाइट बनाए, यसले एकातर्फ तपाईको सृजनालाई विश्वभर फैलाउन मद्दत गर्दछ भने अर्कोतर्फ स्थाइत्व प्रदान गर्दछ । आज संसार भौतिक पानाबाट हटेर विद्युतिय पाना तर्फ सर्दैछ । किण्डल, मोबाइल, कम्प्युटर आदिले अध्ययनको प्रवृत्तीलाई नै परिवर्तन गरिदिएको छ । अब किताब किनेर होइन, डाउनलोड गरेर, ब्राउज गरेर पढ्दछन् । यसर्थ अब, मेरो भन्नु छ, समय सापेक्ष/प्रविधी सापेक्ष बनौ, एक पाइलो अघि सारौ ।

पुनश्च : आफ्नै वेवसाइट बनाउन वा यसबारे थप बुझ्न हामीलाई जुनकुनै बेला सम्पर्क गर्न नहिच्किचाउनुहोला । 9845546191 मा कल वा bkeshar@gmail.com म मेल गर्दिनुस् । हामी झण्डै निःशूल्क रूपमा आफ्नै वेवसाइट बनाउन मद्दत गर्दछौ । धन्यवाद !

0 comments:

Post a Comment

 
Toggle Footer