ताजा लेख
Loading...
Sunday, November 23, 2014

सन् २०३५ मा हामी के पढाइरहेका हुन्छौ ?

3:50 AM

सन् २०३५ आउन लगभग २० वर्ष बाँकी छ । अघिल्लो २० वषको तुलनामा संसारको प्रगतिको गति आँउदो २० वर्षमा निश्चयनै निकै बढी हुनेछ । त्यसबेला हामी कक्षा कोठामा के र कसरी पढाइरहेका हुनेछौ ?
अहिले हामीसँग दुइ दशक अगाडी कल्पना पनि नगरेका कुरा उपलब्ध छन् । घरघरमा र स्कूल–स्कूलमा कम्प्युटर पुग्ला भन्ने चिताइएको पनि थिएन, अहिले कम्प्युटर हात–हातमा छन् । त्यसबेला तारवाला फोन पाउन गाह्रो थियो, अहिले मोबाइल विनाको जीवन कल्पना गर्न पनि गाह्रो भइसक्यो । इन्टरनेट प्रविधीका बारेमा हामीलाई थाहा पनि थिएन, अहिले त्यो शिक्षाको अभिन्न अंग भइसकेको छ ।

सन् २०३५ मा हामी के पढाइरहेका हुनेछौ त ?
‘स्पूफ’ ९तजभकउयया।अयm० ले यो प्रश्न भविष्यविद् जेम्स ¥याण्डीलाई  सोध्यो ।
“आमूल परिवर्तनमा रहेको शिक्षा क्षेत्रलाई आत्मसात गर्न र प्राविधिक कुरा सिक्न नसक्ने व्यक्ति चाहे शिक्षक होस वा अन्य उसलाई साच्चै नै गाह्रो हुनेछ । तर शिक्षा क्षेत्रमा सबभन्दा गाह्रो कुरा के छ भने अहिले ३५ वर्ष पुगेका शिक्षकहरु, जो अहिले नै आफूलाई प्रविधि नजान्ने भन्न रुचाउछन् उनीहरु त्यसबेला पनि पढाइरहेका हुनेछन् ।” ¥याण्डी भन्छन् । उनी अगाडी थप्छन्, “मैले कलेज पढ्दा ब्ल्याकबोर्ड मात्र थियो ह्वाइटबोर्ड, ओभरहेड, प्रोजेक्टर, एलसीडी, गर्दै अब कप्युटराइज्ड बोर्डहरु आएका छन् । यी परिवर्तन डिस्प्लेमा मात्र आएका होइन । त्यसमा लेख्ने कुराहरु पनि त्यसै अनुसारका हुनुपर्छ र त्यसका लागि शिक्षकहरु तयार हुनैपर्छ ।”
¥याण्डीले भनेजस्तै परिवर्तनको बाढी नै आउदैछ । ज्ञानका स्रोतहरुमा परिवर्तन आएको छ र विद्यार्थीहरु आफै नै पाठ्यपुस्तकको निमार्ण गर्न थालेका छन् । इन्टरनेटबाट नै धेरै ज्ञान अभिवृद्धि गर्दैछन् । अहिले नै सम्हाल्न नसकिने ठानिएका विद्यार्थीहरुलाई उनीहरुको आवश्यकता र अपेक्षा अनुसार पढाउन नसक्ने शिक्षकहरुले कुनै हालतमा सम्हाल्न सक्ने छैनन् । शिक्षक र विद्यार्थीहरुमा द्धन्द बढ्ने निश्चित छ ।

के गर्ने त ?
¥याण्डीले त शिक्षकहरुलाई ५० वर्षमै अवकाश दिने सल्लाह दिएका छन् ।

साच्चै यसै गर्ने हो त ?
अहिले बाटै प्रविधिका बारेमा सिक्दै जाने ।

कसरी ?
फेसवुक चलाउने, ज्ञानज्ञुनका कुरा इन्टरनेटबाट खोज्ने, आप्mनै व्यक्तिगत वेवसाइट बनाउने ।

0 comments:

Post a Comment

 
Toggle Footer