ताजा लेख
Loading...
Sunday, November 23, 2014

इमेल

3:19 AM
इलेक्ट्रोनिक मेल वा इमेल (email वा e-mail) इन्टरनेटको सबै भन्दा बढी प्रयोग हुने सेवा हो। यो सेवा प्रयोग गरेर इमेल ठेगाना भएका ब्यक्तिहरू बीच आपसमा विद्युतिय माध्यममा पत्राचार गर्न सकिन्छ। यो सेवा हुलाक चिठ्ठि जस्तै हो तर यसको गति धेरै नै छिटो हुन्छ, तर यसमा पठाइएका सन्देशहरू भौतिक रूपमा पाउनको लागि मुद्रण गर्नु पर्ने हुन्छ। यो सेवा धेरै जसो नि:शुल्क हुन्छ तर प्रयोग गर्न कम्प्युटर, इन्टरनेट र इमेल प्रोग्रम चाहिन्छ। ईमेल ठेगानाको धेरै रूपहरू रहेका हुन्छन्। सर्वमान्यरूपमा रहेको RFC 2822मा इमेल ठेगाना user@domain.tld जस्तो देखिन्छ। ईमेल शन्देसहरू ससामान्यतया साधा पाठ या HTML शैली प्रयोग गरी पठाइन्छ।
वास्तविक पत्राचारमा जस्तै यसमा पनि नचाहिँदा ईमेलहरू प्राप्त हुनसक्दछन्। समेलमा यसलाई स्पाम भनिन्छ। ईमेल पठाउन प्रयोग गरिने केही अनुप्रयोगहरूले स्पामलाई चिनेर नष्ट गर्न सक्ने क्षमता तहेको हुन्छ।
केही कम्पनीहरूले कुनै टाढाको स्थानमा रहेको वेभसाइट प्रयोग गरेर पनि इमेल पठाउने सुविधा प्रदान गर्दछन। जिमेल, हटमेल र याहु! यस प्रकारका सुबिधाहरू प्रदान गर्दछन् जसलाई "वेब मेल" भनिन्छ।

0 comments:

Post a Comment

 
Toggle Footer